३० आश्विन २०८३, शुक्रबार

सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश पारित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांशसहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहनेलगायत सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।