३० आश्विन २०८३, शुक्रबार

एमाले बलियो शक्ति नबने मुलुक जोगाउन मुश्किल छ : सुरेन्द्र पाण्डे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले बलियो बने मात्रै मुलुक जोगाउन सकिने बताएका छन् ।

आज सोमबार नेपाल उद्योग तथा व्यवसायी महासंघको काठमाडौंमा उपलब्ध केन्दीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुक गम्भीर सङ्कटबाट गुज्रिन थालेको चर्चा गर्दै देश बचाउन एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

पार्टीको सङ्गठन बलियो र प्रभाकारी बनाउन सबै नेता तथा कार्यकर्ताहरूले हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान पार्टी बलियो र थप सशक्त बनाउन केन्द्रित गरिनुपर्ने उनले बताए ।