
काठमाडौ,फागुन २९ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी को एकिकृत कारोवार आजेदेखि प्रारम्भ भएको छ ।यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यसैगरी, आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ ।
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट श्री अजिथ आर. गुणवर्द्धने,(संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) श्री सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) श्री गजेन्द्र लाल श्रेष्ठ,(सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट श्री मनोहर दास मुल,(संस्थापक समूह)श्री अरुण राज श्रेष्ठ,(संस्थापक समूह)श्री कमल भटृराई,(सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।
त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष श्री मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको र नवनियुक्त अध्यक्ष श्री मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।











प्रतिक्रिया