२ कार्तिक २०८३, सोमबार

आँखी झ्याल उपहार दिएर प्रधानमन्त्री प्रचण्डले शीतल निवासबाट बिदाई गरे भण्डारीलाई

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदाई भएकी छिन् ।

शीतल निवासमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथ तथा स्वागत गरिएसँगै भण्डारीलाई बिदाई गरिएको हो ।

बिदाईका क्रममा भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखी झ्याल उपहार दिएका थिए । निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो ।

भण्डारी अब केही दिन जेठी छोरी उषाकिरणको घरमा बस्नेछिन् । बूढानीलकण्ठस्थित भण्डारीको घर मर्मत भइरहेकाले केही दिन छोरीको घरमा बस्ने भएकी हुन् ।