
काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् ।
आइतबार पार्टीको साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका पौडेलले सोमबार सभामुखसमक्ष सांसद पदबाट पनि राजीनामा बुझाएका हुन् ।
गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।















प्रतिक्रिया