
काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।
जसपाबाट प्रमिलासहित रामसहायप्रसाद यादवको उम्मेदवारी परेको थियो । निर्वाचन अधिकृतको कार्यालयले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
अब उपराष्ट्रपतिका लागि तीन जनाबीच प्रतिस्पर्धा हुनेछ । जसमा जसपाकै रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा रहेकी छिन् ।















प्रतिक्रिया