
काठमाडौं, २८ फागुन । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको प्रतितोला एक लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया