
काठमाडौं, २९ फागुन । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको नियमन जरुरी भएको बताएका छन् ।
आइतबार चलचित्र विकास बोर्डमा आयोजित सामाजिक मिडिया फिल्म अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले समाजलाई गलत दिशातिर जानबाट जोगाउन तिनीहरुको नियमन जरुरी रहेको बताएका छन् । सामाजिक संजालको दुरुपयोगले समाजलाई गलत दिशातिर लाने भएकाले सरकारले मिडियालाई नियमन र अनुगमन गरी प्रभावकारी बनाउँनु पर्ने उनको भनाई छ ।
उनले भने ‘सोसल मिडिया आफैँमा एउटा अवसर हो सोसल मिडियाको पनि दुरुपयोग हुन दिनुहुँदैन । राज्यले सोसल मिडियालाई नियमन र अनुगमन र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा काम गरीरहेको छ प्रेस काउन्सिलले सहयोगी भूमिका खेलेको छ समाजलाई पनि सुझावहरु दिइरहेको छ सरकारलाई । समाजलाई गलत दिशातिर नलग्नलाई नियमन जरुरी छ ।’
कार्यक्रममा विभिन्न विधामा विजेताहरुलाई अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा चलचित्र तथा संचारक्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।















प्रतिक्रिया