३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड र माधव नेपाललाई हँसियाहथौडा अंकित झण्डा बोक्ने अधिकार छैन : पद्मा अर्याल

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ फागुन । नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कम्युनिष्ट पार्टीको हँसियाहथौडा अंकित झण्डा बोक्ने अधिकार नभएको बताएकी छिन् ।

नेकपा एमालेको संगठन सुदृढ़ीकरण तथा विस्तार अभियान मिसन ग्रासरुट अभियानअन्तर्गत हिजो शनिबार पोखरामा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपाको एकता तोडेर काँग्रेसको पिछलग्गु बनेका दाहा र नेपाललाई कम्युनिष्ट पार्टीको भन्न नमिल्ने र उनीहरूले हसियाहथौडा अंकित भण्डा बोक्ने अधिकार गुमाइसकेको बताएकी हुन् ।

वामपन्थी राष्ट्रपति बन्ने अवसर गुमाएर काँग्रेसको पोल्टामा राष्ट्रपति बुझाउनुले उनीहरूको दक्षिणपन्थी अवसरवाद प्रकट भएको उनको भनाइ छ ।