३० आश्विन २०८३, शुक्रबार

युएईलाई १७७ रनले पराजित गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपमा पुग्ने सम्भावना कायमै

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालद्वारा युएई १७७ रनले पराजित भएको छ ।

जितसँगै नेपालले आगामी चार वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ भने आईसीसी विश्वकप क्रिकेट लिग-टूका बाँकी दुई खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

नेपालले लिग–२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडीआई मान्यता प्राप्त गरेको हो ।

जितका लागि २४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाएर अलआउट भयो । यो नेपालको ओडीआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २४८ रनमा अलआउट भएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए ।