२ कार्तिक २०८३, सोमबार

रक्सीले मातिएका प्रहरी जवान कपडा खोलेर चेकिङमा बसेपछि…

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । सप्तरीमा एक प्रहरी जवानले नशामा लठ्ठ भएर शरीरमा नै अर्धनग्न अवस्थामा हंगामा मच्चाएका छन् ।

सप्तरीको राजविराजमा अवस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले नशामा लठ्ठ भएर हंगामा मच्चाएका हुन् ।

सुरुमा लठ्ठी बोकेर उनले सवारी चेकजाँच सुरु गरे । त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा देखिन्छ ।

यसैबीच, घटना बाहिरिएपछि उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । उनलाई निलम्बर गरेर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरीले जवान रायसहित अन्य पाँचजनालाई पनि पक्राउ गरेको छ । अन्य पाँचजना पनि प्रहरी जवानसँगै विवाद र दुर्व्यवहारमा संलग्न पाइएपछि पक्राउ गरिएको जानकारी दिइएको छ ।