
काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका रामसहायप्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
आफूविरूद्द गरेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।
यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।
आयोगले उजुरीमाथि जाँचबुझ गरी आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।















प्रतिक्रिया