१ कार्तिक २०८३, आइतबार

पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जकार्ता, २८ फागुन । इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

विपद् न्यूनीकरण निकाय (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन् ।

उनले भने, “पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ । यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ,” मुहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ ।

इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् ।