३ कार्तिक २०८३, मंगलबार

विद्युत चुहावट गर्ने पाँच जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २८ फागुन । सप्तरीमा विद्युत चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव र महेन्द्र खङ्ग खत्वे रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई विद्युत चुहावट अन्तर्गत कारबाही स्वरुप जरिवाना तिराएर छाडिने नेपाल विद्युत प्राधिकरण शाखाले जनाएको छ ।