३ कार्तिक २०८३, मंगलबार

स्ववियु निर्वाचनः मकवानपुरमा एमाले, समाजवादी र विप्लवको विद्यार्थी संगठनबीच तालमेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २८ फागुन । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मकवानपुरमा तीन विद्यार्थी संगठनबीच तालमेल भएको छ ।

शनिबार साँझ नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) बीचमा तालमेल र सहकार्य भएको हो ।

तीन वटै विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफू निकटका बामपन्थी विद्यार्थी संगठनका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन् ।

निर्वाचनका लागि शनिबार विद्यार्थी संगठनहरुले गठबन्धन गरेर निर्वाचन लड्ने गरि भागबन्डा मिलाएर मनोनयन दर्ता गराएका थिए ।

चैत ५ गते हुने स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरका ८ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ ।