२ कार्तिक २०८३, सोमबार

सत्तारूढ गठबन्धन महिला विरोधी हो: एमाले अध्यक्ष ओली

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धन महिला विरोधी रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारीत बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडी पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको बताएका हुन् ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्गको प्रतिनिधित्व गराउने बिषयमा पनि सत्ता गठबन्धनले जालझेल गर्न खोजेको धारणा राखे । ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिएकाले यसै अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै ओलीले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति मागेको भन्दै आफ्नो पार्टीमा आउन भनेपछि नेपालले अस्वीकार गरेको जिकिर गरे ।

ओलीले महिला आन्दोलनलाई डलर पचाउने माध्यममा रुपमा प्रयोग गर्न नहुने र वास्तविक रुपमै एमालेको महिला संगठनले मुलुकका लागि लडेको जिकिर गरे ।