
काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवविरूद्व उजुरी परेको छ ।
नेकपा (एमाले) का महेश बर्तौलाले यादवविरूद्द निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख भएको जिकिर गर्दै उजुरी दर्ता गरिएको हो ।















प्रतिक्रिया