३० आश्विन २०८३, शुक्रबार

टीकाराम बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका खरेल निर्वाचित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गुल्मीबाट जितको खाता खोलेको छ ।

गुल्मीको मजुवास्थित टीकाराम बहुमुखी क्याम्पसमा अनेरास्ववियुका आकाश खरेल निर्विरोध निर्वाचित हुँदै जितको खाता खोलेका हुन् ।

आगामी चैत ५ गते हुने निर्वाचनका लागि आज देशभरका क्याम्पसहरूमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गरिएका छन् । यसक्रममा टीकाराम बहुमुखी क्याम्पसमा अनेरास्ववियुसँग कसैले पनि प्रतिस्पर्धा नगर्ने भएपछि खरेल निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयनपत्र दर्ताका क्रममा काठमाडौंको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा भने नेकपा एसनिकट विद्यार्थीहरूले एमालेनिकट विद्यार्थीहरूमाथि खुकुरी प्रहार गरेर आतंक मच्चाएका छन् । खुकुरी प्रहारबाट राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएकोे आरआर क्याम्पस अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

उनका अनुसार घटनाका कारण मनोनयन दर्ताको समय भोलि आइतबारसम्म थप गरिएको छ ।