३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिको प्रतिस्पर्धामा उत्रिए तीन महिला र एक पुरुष

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।

यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि संसद भवनमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा) बाट रामसहाय प्रसाद यादव तथा प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा साझा उम्मेदवारबारे सहमति हुन नसकेपछि एउटै दलबाट दुई जना र अर्को दलबाट एक जना गरी तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास गरिने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन् ।

उनका अनुसार आफ्नो पार्टीले दर्ता गराएको उम्मेदवारकै नाममा सहमति हुने छ । भएन भने गठबन्धनमा समस्या उत्पन्न हुने चेतावनी उनले दिएका छन् ।