
काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।
जसपाबाटै नेत्री प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छिन् ।
यसअघि एमालेबाट पार्टी उपाध्यक्ष एपम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ ।















प्रतिक्रिया