
काठमाडठौं, २७ फागुन । नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् ।
उनले एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् भने उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दर्तापछि उनले लोकतन्त्र बलियो बनाउने हो भने सबैले सोच्न जरुरी रहेको प्रतिक्रिया दिएकी छिन् ।















प्रतिक्रिया