
काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिएका छन् ।
आज शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले गठबन्धनबाट साझा उम्मेदवार तय गर्न नसकेपछि जसपाले कार्यकारीरिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने बताइएको छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।
तर, यादवको नाममा गठबन्धनभित्र सहमति नजुटेपछि जसपा बैठकमा छलफल गर्न लागेको हो ।
त्यसैगरी सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि आफ्नो केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ । उनको नाममा पनि सहमति जुट्न सकेको छैन ।















प्रतिक्रिया