३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिबारे गठबन्धनले गरेको व्याख्या संविधानको मर्मविपरीत : एमाले

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा एमालेले उपराष्ट्रपतिबारे सत्तारुढ गठबन्धन दलहरूले गरेको व्याख्या संविधानको भावना र मर्मविरीत भएको बताएको छ ।

आज शनिबार बसेको पार्टी सचिवालयको बैठकले फरक समुदायको पुरुष पनि उपराष्ट्रपतिको उम्मेदवार बन्न सक्ने भनी गरिएको व्यख्या संविधानविपरीत भएको निष्कर्ष निकालेको हो ।

‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेकोप्रति पार्टी गम्भीर रहेको छ,’ बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ ।’

एमालेको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषय छलफल र बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामबारे समीक्षा गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

बैठकले पार्टी उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।