
काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अनुत्पादक क्षेत्रमा लगानी बढेकै कारण अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।
आज शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा गर्भनर अधिकारीले विकासको सन्र्दभमा बैंकले दिएको पैसा सदुपयोग नभएको गुनासो गर्दै अनुत्पादक क्षेत्रमा बढी लगानी भएका कारण अर्थतन्त्रमा गम्भीर समस्या देखिएको बताएका हुन् ।
‘उत्पादनमा पुँजी मात्र नभएर स्रोतसाधन बनाउन सक्नुपर्छ पुँजी मात्र उत्पादनको सबै होइन,’ गभर्नर अधिकारीले भने, ‘बैंकबाट लिएको पुँजी उत्पादक भन्दा पनि अनुत्पादक क्षेत्रमा बढी लगानी भयो । यसले सिङ्गो अर्थतन्त्रमा गम्भीर समस्या पारिरहेको छ ।’
चुनौतीकाबीच कुल कर्जाको दश प्रतिशत रकम जलविद्युतमा र १५ प्रतिशत कृषिमा लगानी गर्नेलगायत राज्यका नीति राम्रो भएको बताउँदै उनले बैंकले पुँजी परिचालन गर्ने कुरामा प्रशस्तै सुधारको आवश्यकता रहेको औंल्याए ।
‘हाम्रो संरचनागत कुरा छ । त्यसमा प्रशस्त सुधार गर्नुे पर्ने छ । बैंकले पैसा दिने तर पैसा सदुपयोग हुने ठाउँ नहुने हो भने त्यो दुरुपयोग भएर जान्छ,’ उनले भने ।















प्रतिक्रिया