
काठमाडौं, २६ फागुन । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हो ।
बैठक शनिबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ । बैठकमा राष्ट्रपति चुनावको समेत समीक्षा हुने बताइएको छ ।
भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।















प्रतिक्रिया