
काठमाडौं, २६फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने पप्रचण्डको नाममा आदेश जारी गरेको छ ।
ज्ञानेन्द्रराज आरण लगायतका निवेदकले द्वन्द्वकालमा भएका हत्याका विषयमा दाहाललाई जिम्मेवार रहेको आरोपसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चमा मंगलबार दायर भएका दुईवटै रिटमाथि आजको सुनुवाइ गरिएको हो ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले बहस गर्दै प्रधानमन्त्री दाहालमाथि व्यक्तिहत्यामा पक्राउ गरी कारबाही चलाउन अदालतले आदेश दिनुपर्ने माग गरेका थिए ।
आरणसमेत आठजना र चिरञ्जीवी बास गिरीसमेत १६ जना द्वन्द्वपीडितले गत फागुन १९ गते सर्वोच्च अदालतमा प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता गरेका थिए ।


















प्रतिक्रिया