
काठमाडौं, २६ फगुन । सहकारी बचाऔँ राष्ट्रिय अभियानले बृहत् भेला तथा चरमणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभिन्न मागहरू अघि सारेर आन्दोलन घोषणा गरेका हुन् ।
आन्दोलनमा सहकारी क्षेत्रमा देखिएको तरलता अभावलगायत समस्यालाई सामुहिक समस्याका रूपमा स्वीकार गर्दै राज्य र अभियानका तर्फबाट समाधानका लागि तत्काल आवश्यक सम्बोधन गर्नुपर्ने, तरलता सङ्कट व्यवस्थापनका लागि राज्यले कोषको व्यवस्था गर्नु पर्ने र कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण तत्काल स्थापना गर्नुपर्नेलगायत १३ बुँदे माग राखिएको छ ।
यस्तो छ सहकारी बचाऔं राष्ट्रिय अभियानको मागहरू :–
१. सहकारी क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्यालाई सामुहिक समस्याका रूपमा स्वीकार गर्दै राज्य र अभियानका तर्फबाट समाधानका लागि तत्काल आवश्यक संवोधन गर्नुपर्ने ।
२. सन्दर्भ ब्याजदर तत्काल खारेज गरि व्याजदर स्वतन्त्र रूपमा बजारलाइ नै निधार्रण गर्न दिइनुपर्ने ।
३. तरलता संकट व्यवस्थापनका लागि राज्यले कोषको व्यवस्था गर्नु पर्ने ।
४. कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण तत्काल स्थापना गर्नु पर्ने ।
५. ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रमार्फत रोक्का गर्ने व्यवस्था तत्काल लागु गर्ने ।
६. व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरि सहकारी ऐन संसोधन गर्न लागिएकोमा विरोध एवम् दबाब सिर्जना गर्ने सहकारीका प्रवर्धनात्मक कार्यका लागि बाधक सहकारी ऐन २०७४ सँग बाझिएका विभिन्न ऐनका प्रावधानहरू संशोधन गर्ने ।
७. प्रारम्भिक संस्थाका संचालक, व्यवस्थापक र कमर्चारीलाई निरबाध रूपमा त्रासमुक्त रूपले संस्था संचालन गर्ने वातावरण हुनुपर्ने ।
८. सदस्यहरूको बचत सुरक्षाका लागि आश्वस्त हुने वातावरण बनाउनका लागि जिम्मेवारी लिँदै सरकार र अभियानले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने ।
९. ब्याज कर दाखिला गर्ने समय १ वर्ष थप गर्नका लागि दबाब दिने जगेडा कोष बाहेकका ११ वटा कोषहरू खारेज हुनुपर्ने र जगेडा कोषमा कर नलाग्ने व्यवस्था हुनुपर्ने ।
१०. संस्था संचालनका लागि आवश्यक वातावरण बनाउन कम्तिमा २ वर्षको ऋययष्लिन एभचष्यम घोषणा गर्नुपर्ने ।
११. सहकारी नियमन, प्रबर्धन र वित्तिय सुरक्षा प्रदान गर्नका लागि क्भअयलम त्ष्भच क्ष्लकतष्तगतष्यल को स्थापना गर्नुपर्ने ।
१२. सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने साथै सहकारी क्षेत्रप्रति नकारात्मक र सदस्य भड्काउने गरि कालोमोसो दल्ने भनि शुरु भएका अराजक गतिविधिहरूको कडा प्रतिवाद गर्नुपर्ने ।
१३. सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि यस अघि महासंघद्वारा गठित समितिहरूका काम प्रभावकारी र परिमाणमुखि हुनुपर्ने साथै कर्मकाण्डी रूपमा आयोजना गरिने परिणाम विहिन गोष्ठि, सम्मेलन र सेमिनारहरू स्थगित गरी सम्पूर्ण प्रयास समस्या समाधानमा केन्द्रीत गर्नुपर्ने ।















प्रतिक्रिया