
काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उमेर बाधक बनेको छ ।
उपराष्ट्रपतिको लागि निर्वाचन लड्ने निर्णय गरेकी श्रेष्ठलाई उमेरले छेकेको हो । श्रेष्ठको उमेर उपराष्ट्रपतिका लागि नपुग्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।
श्रेष्ठ हाल ३९ वर्ष मात्रै पुगेकी छिन् ।
शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया