२ कार्तिक २०८३, सोमबार

एआइजीमा बढुवाका लागि पाँचजनाको नाम सिफारिस, को-को परे बढुवाको सूचीमा ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाल प्रहरीका पाँचजना नायव महानिरीक्षक (डीआइजी) अतिरीक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयले सिफारीसमा परेका पाँचजनाको नामावली सार्वजनिक गरेको हो ।

बढुवाका लागि सिफारिस हुने डीआइजीहरुमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर रहेका छन् । यस्तै, दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाचौँ नम्बरमा किरण बज्राचार्य रहेका छन् ।