
काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सपना निर्वाचन आयोगका कारण चकनाचुर भएको छ ।
जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू यादवको निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्ने अध्यक्ष यादवको योजना आयोगको निर्देशनले चकनाचुर भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने प्रावधान सार्वजनिक गरेको छ ।
महिला उम्मेदवारमा पनि खस आर्य भन्दा बाहिरबाट हुनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
















प्रतिक्रिया