
काठमाडौं, २६ फागुन । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उपराष्ट्रपतिको निर्वाचन चैत तीन गते हुँदैछ ।
उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।















प्रतिक्रिया