
काठमाडौं, २६ फागुन । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा आठ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य भने पाँच रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १२ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया