
काठमाडौं, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई पठाउने तनहुँका मतदाता र जिल्लावासीको सम्झना गरेका छन् ।
आफूलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्तुत गर्ने र सहयोग गर्ने दलहरू र मतदान गर्ने मतदाताहरूप्रति आभार व्यक्त गर्दै उनले आफ्नो जिल्लावासी र मतदातालाई स्मरण गरेका हुन् । ‘मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेव ागर्ने अवसर दिनुभएकोमा तनहुँ जिल्लावासी तथा मतदाताहरू पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु,’ उनले आज अबेर जारी गरेको आभार वयक्तव्यमा उल्लेख छ ।
उनले मित्रवत प्रतिस्पर्धा गरेको भन्दै नेकपा एमाले र एमालेका उम्मेदवार तथा मतदाताप्रति पनि सम्मान व्यक्त गरेका छन् । ‘मित्रवत प्रतिस्पर्धामा रहनुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहान्छु,’ उनले भनेका छन् ।
















प्रतिक्रिया