२ कार्तिक २०८३, सोमबार

आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । आइएमई पे र वैदेशिक रोजगर विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार ईपीएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवर्दन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सक्ने छ ।