
काठमाडौं, २५ फागुन । दुर्घटनामा परी ज्यान गुमाएका रुपन्देहीस्थित शुद्धोधन गाउँपालिकाका अर्जुन खरालको परिवारलाई एनआईसी एसिया बैंकले दुर्घटना बीमाबापतको १० लाख उपलब्ध गराएको छ।
मृतक खरालले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए। उनको खातामा उपलब्ध दुर्घटना बीमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरेबापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ। जसमध्ये घातक रोग बीमाबापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमाबापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमाबापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन्।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ। यसअन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन्।
औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म प्राप्त गर्न सक्नेछन्।















प्रतिक्रिया