
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि एउटा राजनीतिक कोर्ष सकिएको भन्दै अब जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका हुन् ।
उनले अब उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारले पूर्णता पाउने र त्यसका लागि गृहकार्य भइरहेको जानकारी पनि दिएका छन् ।















प्रतिक्रिया