३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, सपथ र पदभार ग्रहण सोमबार हुने

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

आज बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए ।

कुल ८८४ जना मतदातामध्ये ८३१ मत खसेको थियो । मतदानमा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।

यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको छ ।

यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको थियो ।

नवनिर्वाचित सपथ र पदभार ग्रहण सोमबार हुने हुने भएको छ । त्यसैदिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारी निवृत्त हुने छिन् ।