
काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध शानदार जित हात पारेको छ ।
टीयु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको हो ।
जितका लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ५४ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका नर्मन भानुवा ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनमा रन आउट भए ।
दुई रन लिने धुनमा अन्तिम विकेटको रुपमा रन आउट भएका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २९७ रनमा अल आउट भएको थियो । नेपालले यो आफ्नो ओडीआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल थियो ।
नेपालको ओडीआईमा उच्च योगफल यसअघि २८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २८७ रन बनाएको थियो ।
यो जितसँगै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सोझै ओडीआई मान्यता निरन्तरता गर्ने सम्भावना पनि मजबुत बनेको छ ।















प्रतिक्रिया