
काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेपछि सकिएको छ ।
संघीय संसद र प्रदेशसभाका ५१ जनाबाहेक सबैले मतदान गरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन सम्पन्न भएसँगै आर्ज अपराह्न ४ बजेपछि मतगणना सुरू हुने बताइएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणनासम्बन्धी बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरू गर्ने सहमति भएको छ ।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय गरेको छ । रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।















प्रतिक्रिया