
दाङ, २५ फागुन । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित माध्यामिक विद्यालय धनौरी क्षेत्रमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कार गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय एक जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया