
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्दको मुद्दा न्यायाधीस विश्वम्भर श्रेष्ठको एकल इजलासमा तोकिएको छ ।
गत मंगलबार प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको थियो । माओवादी द्वन्द्वकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
सर्वोच्चले अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो ।
प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये ५ हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएपछि उनीविरुद्ध रिट दर्ता भएको हो ।















प्रतिक्रिया