२ कार्तिक २०८३, सोमबार

स्वार्थ प्रेरित व्यक्तिले राष्ट्रपति जस्तो संस्थालाई बदनाम गर्न खोजे: अध्यक्ष ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, राजनीतिक स्वार्थका आधारमा राष्ट्रपति जस्तो गरिमामय पदको बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् ।

अखिल नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ प्ररित व्यक्तिले राष्ट्रपति जस्तो संस्थालाई बदनाम गर्न खोजेको बताएका हुन् ।

अध्यक्ष ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले मर्यादाको ख्याल नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय स्वार्थ केन्द्रित भएर बदनाम गर्न खोजेको बताएका हुन् ।

उनले भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन् । ती कुराको खास अर्थ छैन । ’