
काठमाडौं, २४ फागुन । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा एकहजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ४० रूपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया