२ कार्तिक २०८३, सोमबार

आफ्ना सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न नौ दलको उर्दी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नौ दलले राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेशसभातर्फका सबै सांसदहरुलाई भोली (बुधबार) साँझसम्म जसरी पनि काठमाडौं आइपुग्न निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको नौ दलको बैठकले पर्सी हुने राष्ट्रपति निर्वाचनकालागि भोली साँझसम्म काठमाडौं आइपुग्न सांसदहरुलाई निर्देशन दिने निर्णय गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले बैठकमा राष्ट्रपति निर्वाचनमै केन्द्रीत भएर छलफल भएको बताए । ‘राष्ट्रपति निर्वाचनकैबारे बैठकमा कुरा भएको हो,’ उनले भने ।

बैठकमा मतदानबारे सचेतना जगाउनेबारे छलफल भएको भन्दै उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित पक्का भएको जिकिर गरे । बैठकले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम सबै स्थगित गरेको छ ।