३० आश्विन २०८३, शुक्रबार

अदालतको सम्मान गर्छौँ तर प्रचण्डविरुद्ध मुद्दा हाल्न पाइँदैन : बाबुराम भट्टराई (भिडिओ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् ।

११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत् शान्तिसम्झौता मर्मविपरीतका कार्यहरु भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन् ।

उनले आफुहरु अदालतको सम्मान गर्ने तर, शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्दाहरूलाई आयोगमार्फत समाधान गर्नुपर्ने जिकिर गरे । द्वन्द्वकालीन मुद्दाहरुलाई निरुपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरबादीहरुले शान्तिप्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनले बताए ।

भट्टराईले अहिले संविधानमा रहेका महिलालगायत जनताका अधिकारहरुलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरु भइरहेको बताए । उनले बलिदानीपूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरुमा केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे ।