३० आश्विन २०८३, शुक्रबार

नेपालीहरूले युरोपमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपालीहरूले युरोपमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएका छन् ।

युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा भोलि बुधबार हुने कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीहरूले सम्बोधन गर्ने छन् ।

कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौँ महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरूको सहभागिता रहने प्रवासी नेपाली मञ्च अस्ट्रियाले जनाएको छ ।

कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागि महिला सहभागिता, राज्यको दायित्व विषयमा निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पनि सम्बोधन गर्नेछिन् ।

यस्तै कार्यक्रममा सांसद सोबिता गौतमले महिलाका लागि नयाँ राजनीतिक यात्रा कति सहज, कति जटिल विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।