३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता, वैदेशिक रोजगारीमा रहेकाहरू लाभान्वित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । माछापुच्छ्रे बैंक र बहराइनको लुलु एक्सचेञ्जबीच सम्झौता भएको छ ।

बहराइनमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ बैंकले लुलु एक्सचेञ्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको हो ।

सम्झौतापत्रमा लुलु एक्सचेञ्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात बहराइनमा बस्ने नेपालीहरुले लुलु एक्सचेञ्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएममार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।