३० आश्विन २०८३, शुक्रबार

खेलकुद राष्ट्रको गौरव र कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ हो : प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् ।

आज मंगलबार काठमाडौंको गोकर्णमा एशियन एथलेटिक्स एसोसिएशनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६औँ एशियन क्रसकन्ट्री च्याम्पियनशीपको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुद अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवम् मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएका हुन् ।

खेलको महत्वलाई ठीक ढङ्गले बुझ्न सक्नेले मात्रै राष्ट्रको सही नेतृत्व गर्न सक्ने तथा जनआकांक्षा सम्बोधन गर्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलक्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकामा सबैले गौरव गर्नैपर्ने बताएका छन् ।

उनले खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवम् संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।