२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी २५ गतेलाई तोकियो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्दको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

रिटको सुनुवाई २५ गतेका लागि तोकिएको छ । अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि उक्त रिट दर्ता गरिएको हो।

गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो।

दाहालले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

जनयुद्धमा मारिएकाका आफन्त २८ जनाले रिट दर्ता गराएका हुन् ।