
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि उक्त रिट दर्ता गरिएको हो।
गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो।
दाहालले तीन वर्षअघि २०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।















प्रतिक्रिया